भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो ।

स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकमप गएको हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको थियो । भूकम्पको क्षतिबारे विवरण प्राप्त भएको छैन ।

त्यस्तै धादिङ जिल्लाको नौबिसे आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका उपप्रमुख मुकुन्द भट्टराईले उक्त भूकम्प विसं २०७२ वैशाख १२ को परकम्प भएको जानकारी दिनुभयो । वैशाख १२ देखि हालसम्म चार रेक्टर स्केलभन्दा बढीका ५०० भन्दा बढी भूकम्पको परकम्प गइसकेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का राजधानीमा महशुस गरिएको थियो ।

तपाईको प्रतिक्रिया