काठमाडौ (शिशिर भण्डारी) एउटा सुन्दर घर नेपाल स्नेही काखमा आज तपाईहरुकै प्रिय कृष्ण वलि र रुपा पुलामी मगर वलि पुगे । सबैको साथ र सहयोगले खुशी हुन थालेका कृष्ण र रुपा त्यहां रहेका मनरोगी दिदी बहिनीहरु र अशाहय बालबालिकाहरुका लागि सहयोग बुझाउन र दुख सुख साट्न पुगेका थिए । नेपाल स्नेही काखकी आमा श्रीनेहा पोख्रेलले कृष्ण र रुपासंगै हामीलाई पनि आत्मिय स्वागत गर्नुभयो । बिविध समस्या र अप्ठ्याराहरुमा चलिरहेको नेपाल स्नेही काखमा हाम्रा अघिल्ला भिडियोहरुको प्रभावले केहि सहजता देखिन थाल्दैछ । सहयोगीहरुसमय समयमा सहयोग गर्न आईपुग्छन्, यद्यपी स्नेही काखका लागि आफ्नै जग्गामा मनरोगी दिदी बहिनीहरु र अशाहय बालबालिकाहरुका लागि बासस्थानबनाउनु कठिन बनिरहेको छ । सहयोगीहातहरुले साथ दिए यो काम सम्भव छ ।

स्नेही काखमा पुग्ने बित्तिकै रुपा वलि भविष्यलाई माया व्यक्त गर्न थालिन् । भविष्यलाई बिर्सनु भएको छैन नि । पशुपति क्षेत्रमा केहि समय अगाडि फोहरको डस्टबिनमा भेटिएका प्यारो बालक, भविष्य । जस्लाई हामीले पनि बार्षिक २४ हजार सहयोग दिने निर्णय गर्दै अघिल्लो बर्षका लागि २४ हजारसहयोग बुझाईसक्यौं । रुपासंगै कृष्णले पनि भविष्यप्रति ठुलो माया व्यक्त गरे । मिल्थ्यो भने भविष्यलाई छोरा बनाएर पाल्थ्यौं भने । तर के गर्नु नेपाल स्नेही काखको संरक्षणमा पगिसकेका भविष्यलाई रुपा र कृष्णले एडप्ट गर्न नमिल्ने रहेछ । समय समयमा भविष्य लगायत स्नेही काखका अन्य बाल बालिका र दिदी बहिनीलाई भेट्न आउने बाचा गर्दै रुपा र कृष्णले भविष्यलाई आफ्नै छोरा स्विकार गरे ।

तपाईको प्रतिक्रिया