काठमाडौं, ११ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाख पूर्वी तराईको भ्रमण सकेर काठमाडौं फर्कने बेलामा उनलाई विमानस्थल पुर्याएर फर्किएको गाडीले ठक्कर दिएर हेम चौधरी र प्रकाश चौधरीलाई ठक्कर दियो । हेमको उपचारका लागि अस्पताल पुर्याउना साथ मृत्यु भयो भने प्रकाशको अस्पतालमा उपचार थालिएको एक साता पछि मृत्यु भयो । इटहरी, ८ हटियालाइनमा चिया बेचेर गुजारा गर्दै आएकी ४८ वर्षीय आशादेवी चौधरीको आशा, भरोसा हेमले संसार छोडेपछि उनी एक्लीएकी छन् । उनको दैनिकी आजभोली दिनभरी रोएरै बित्छ । उनका श्रीमान नन्दलाल ०७० सालमै बितिसकेका छन् ।

प्रकाश र हेम अल्मुनियमको काम गर्थे । कक्षा १० सम्म सँगै पढेका उनीहरु पढाई बिग्रिएपछि एल्मुनियमको काम सिकेका थिए । सोकी कामवाट फर्कदै गर्दा पूर्वराजाको गाडीले उनीहरुलाई ठक्कर दिएको थियो । प्रकाशले सुन्दरहरैंचामा ठेक्कामा लिएको काम २७ गते बुधबार सक्ने दिन थियो । त्यसका लागि बिहान चाँडै निस्किएका उनीहरु साँझ सात बजेतिर घर फर्कंदै थिए । त्यहीबेला पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको जिपले उनीहरु सवार को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई मोरङको सुन्दरहरैंचा नगरपालिका ४ मा ठक्कर दिएको थियो ।

हेमको सोही दिन र प्रकाशको बैशाख २ गते मृत्यु भएको हो । पूर्वराजा वा उनको सचिवालय या परिवारले घटना भएको १४ दिनसम्म पनि दुवै युवकको विपन्न परिवारलाई भौतिक सहयोग त के मौखिक सान्तवना नदिएपछि मृतकका परिवार आश्चर्यमा परेका छन् । शाहका परिवारले सो घटना भएको थाहा नपाएझै गरेका छन् । श्रीमान पहिलेनै बितेको र दुखले हुर्काएको छोराको पनि मृत्यु भएपछि हेमको आमा सहारा विहिन भएकी छन् ।

मृतक परिवारले पूर्वराजपरिवारबाट कुनै सहयोग वा सान्त्वना समेत नपाउँदा उनीहरुमा मानवियतानै नभएको भन्दै पीडितका परिवारले गुनासो गरेका छन् । पूर्वराजाका निजी सचिव डा फणि पाठकले पूर्वराजाको गाडीले ठक्कर दिएको नभई कारगेटले ठक्कर दिएको बताउँछन् । उनले सो घटनाका पीडितलाई औषधोपचार आदिमा सहयोग गरिएको आफूले जानकारी पाएको प्रतिकृया दिन्छन् । उनले पूर्वराजाको गाडीले ठक्कर दिएको भनेर पूर्वराजाको बदनाम गरिएको भन्दै आक्रोश समेत पोखे ।

तपाईको प्रतिक्रिया