काठमाडौं – आज बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ। हिजो प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मुल्य आज घटेर ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि घटेर ५८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मुल्य प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया