काठमाडौँ – बालुवाटारमा सभामुख कृष्ण बहादुर महराको निवास अगाडि आगलागी भएको छ ।प्रहरीका अनुसार आज बिहान बिजुलीको पोलमा तार सर्ट भएर सभामुख महराको निवास अगाडी आगो लागेको बताइएको छ । सभामुख कृष्ण बहादुर महराको निवास अगाडि बिजुलीको पोलमा तार सर्ट भएर नै आगो लागेको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणमा लिईएको बताइएको छ । आगलागी प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगोले सभामुख निवासमा कुनै क्षति नपुर्याएको बताइएको छ ।

तपाईको प्रतिक्रिया