एजेन्सी – बलिउडमा निकै चर्चामा आइरहने अभिनेता हुन् शाहरुख खान ।धेरैजसो बलिउड फिल्ममा हिरोको भुमिका निभाएका शाहरुखले अब भने भिलेनको भुमिका निभाउने भएका छन् ।भारतिय मिडियाका अनुसार उनले साउथ फिल्ममा काम गर्ने भएका छन् ।साउथ फिल्ममासमेत निकै रुचाइएका शाहरुख खानले एक साउथ फिल्ममा भिलेनको भुमिका निभाउने भएका हुन् ।

उनले साउथ स्टार विजयको फिल्म Thalapathy 63 मा भिलेनको रोल प्ले गर्नसक्ने भएको बताइएको छ ।उनले उक्त फिल्ममा १५ मिनेटको भुमिका निभाउने बताइएको छ ।फिल्मको लागी उनले चेन्नइ या मुम्बईमा ३,४ दिनको सुटिंग गर्ने भारतिय मिडियाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया