काठमाडौं । साउदीमा रहेका मोरगंका सुभास तामागं मालिककहाँ तलब थाप्न गए । तलब थापेर फर्किदा उनी ट्याक्सीमा थिए । कसैले उनले तलब थापेको थाहापाएर दुर्घटना गराइदिए । दुर्घटनामा तीन जनाको मृत्यु भयो । ट्याक्सी ड्राइभर र अर्का एक जना शख्त घाईते थिए । उनको साउदी स्थित अस्पतालमा उपचारका क्रममा ट्याक्सी ड्राइभरको पनि मृत्यु भयो । तर एक जना नेपालीको भने उपचार भइरहेको छ । सुभास काम गर्ने कम्पनीका मालिकले दिएको जाकारी पछि सुभासका भान्जाले मोरगं स्थित घरमा फोन गरेर मामा मरेको खबर गरे ।

कम्पनीका मालिकले कम्पनीमा काम गर्ने पाँच जनाको मृत्यु भएको ठान्यो । तर अस्पतालमा सुभासको मृत्यु नभएर ड्राइभरको मृत्यु भएको थियो । तर कम्पनीले मृत्यु हुने सबै आफ्ना कम्पनीका हुन् भनेर सनाखत गरिदियो । सुभासका ठाउँमा ट्याक्सी ड्राइभरको लास नेपाल पठाइयो । घरका परिवार कसैले पनि त्यो लास हेरेनन् तर गाउँकाहरुले भने लास हेरे । तर गाउँकाले चिनेनन् । श्रीमतीलाई बारम्बार अन्तिम पटक लास हेर्न लगाउँदा उनले बेहोसीमा हेरिन् तर उनले पनि चिन्न सकिनन् । बेहोसीमा हेरेको हुनाले उनले पनि चिनिनन् ।

तामागंको धर्म संस्कृति अनुसार उनको परिवारले मोरगंको जंगलमा गाडी दिए । परिवारका सदस्यले मृत्यु संस्कार पनि गरे । तर उता साउदीको अस्पतालमा सुभासको तीन महिना पछि होस आयो । उनले आफ्नो बारे सबै भुलिसकेका थिए । उनको दुर्घटना भएको र अस्पतालमा उपचार समेत भइरहेको उनलाई सम्झना समेत थिएन । तीन महिना पछि साउदीमा उनका भाई आएपछि मात्र उनले दुर्घटनाका बारेमा थाहा पाए । उनले आफ्नो नामको लास जलिसकेको र मृत्यु संस्कार समेत गरिसकेको बताए तर उनले पत्याएनन् । पछि भाइसंग मोवाइल मानेर फोन गर्दा श्रीमतीले पनि पत्याइनन् । घर आएपछि उनले आफ्नो गाडेको चिहान आफै हेरे । बाँकी भिडियोमा

तपाईको प्रतिक्रिया