बुटवल, ११ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकटोलका मीनबहादुर गौतमको विद्युतीय धरापमा पर्दा मृत्यु भएको खुलासा भएको छ । वैशाख १ गतेदेखि हराएका गौतमको खोजतलास गर्दा शव गाडिएको अवस्थामा फेला परेपछि सुरु भएको अनुसन्धान पछि यस्तो खुलेको हो ।

बदेल मार्नका लागि स्थानीय युवा चन्द्रबहादुर थापा, नरबहादुर पुन र उपेन्द्रबहादुर शाहले थापेको विद्युतीय धरापमा परेर गौतमको मृत्यु भएको थियो । गौतमको मृत्यु भएपछि डराएका उनीहरुले जंगलमा गाडेर शव लुकाएका थिए । प्रहरीले उत्खनन् गरेर गौतमको शव निकालेको छ ।

देवदह नगरपालिका–९ को जंगलमा गौतमको शव फेला परेको हो । स्थानीय रोहणी खोलामा थापिएको विद्युतीय धरापमा परेर गौतमको मृत्यु भएको थियो । प्रहरीले विद्युतीय धराप थाप्ने र शव जंगलमा गाड्ने अभियुक्तहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया