एजेन्सी – बलिउडका चर्चित सुपरस्टार वरूण धवनले विवाह गर्ने भएका छन् ।भारतिय मिडियाका अनुसार वरूण यो बर्षको अन्त्यमा प्रेमिका नताशा दलालसँग विवाह गर्ने बताइएको छ । अभिनेता वरुण धवनले आज आफ्नो जन्मदिन मनाउदैछन् । जन्मदिन कै दिन उनीहरुको बिहेको खबर बाहिर आएको हो ।बरुण र नताशा आगामी वर्ष बिबाह गर्ने तयारीमा थिए ।

तर, बिबाहको लागी यी दुवैका परिवारले पनि यस सम्बन्धलाई स्वीकार नगरे पनि यी दुइले बिबाह गर्ने कुरा आएको थियो । अब भने दुई परिवार मिलेर बिबाहको मिति पक्का गर्ने बताइएको भारतिय मिडियाले जनाएका छन् ।बरुणको आमाले गरेको बलले यो बिबाह हुन लागेको बुझिएको छ ।भारतिय मिडियाका अनुसार यी दुइको विवाहको स्थान भने अहिले टुंगो लागिनसकेको बताइएको छ ।केही पटक नतासासँगै देखिएका बरुण विवाह गर्नकै लागि आफ्नो नयाँ घरमा सरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया