काठमाडौँ – रामेछापमा एक बालकको बाढीले बगाएर ज्यान गएको छ । ज्यान जानेमा हजुरबुवा भीमसेन श्रेष्ठ साथमा संगै हिँडेका नाति अनिष श्रेष्ठ रहेका छन् । उनको रामेछापको दोरम्बा गाउँपालिका ३ टोकपुरस्थित निगुरेमा आएको बाढीले बगाएर ज्यान गएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका अनिष स्थानीय धन्यश्वरी आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत विद्यार्थी हुन् । रामेछापको दोरम्बा गाउँपालिका ३ टोकपुरस्थित निगुरेमा आएको बाढीले हजुरबुवा र नाती दुबैलाइ बगाएको बताइएको छ । नातीसँगै बाढीले बगाएका हजुरबुवा भने केहि तल पुगेपछि निस्किएर बाँचेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया