भूकम्प स्मृति दिवस मनाउन गोरखाको बारपाक, सुलिकोट गाउँपालिकाले वैशाख १२ गते, बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

२०७२ वैशाख १२ गते बारपाक केन्द्र रहेर ‘गोरखा भूकम्प’ गएको दिनको स्मृतिमा भोलि बिदा दिने गाउँपालिकाले निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष विष्णु भट्टका अनुसार गत चैत २३ गते बसेको कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको हो। गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी भूकम्प स्मृति दिवस मनाउने भएको छ। कार्यक्रमका निम्ति सभामुख कृष्णबहादुर महरा भोलि बारपाक जाँदैछन्।

गाउँपालिकाभित्रका सरकारी कार्यालय र विद्यालयमा बिदा दिइएको हो। बारपाक केन्द्र रहेर भुइँचालो गएको तीन वर्ष हुँदा पनि निजी आवास पनि पुनर्निर्माण भइसकेको छैन।

७.८ म्याग्निच्युडको भुइँचालोका कारण ९ हजारभन्दा बढीको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए।

तपाईको प्रतिक्रिया