काठमाडौँ । आज बिहीबार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ १० पैसा रहेको छ। त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६६ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६८७ रुपैयाँ ३९ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १६ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ २९ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ ७ पैसा रहेको छ।

दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७४ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रीदर २ सय ९७ रुपैयाँ ३१ पैसा रहेको छ।कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ८९ पैसा रहेको छ।त्यसैगरी आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८९ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५२ पैसा रहेको छ भने तालिकामा हेर्नुहोस् अन्य देशको विनिमय दर

तपाईको प्रतिक्रिया