काठमाडौँ – यस वर्ष देखि स्थानीय स्तरमा ६ दिन सार्वजनिक विदा हुने भएको छ ।आज बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय बिदा प्रदेशले दिन पाउने निर्णय गरेको हो। निर्णय अनुसार प्रदेश स्थापना दिवसको दिन फागुन ३ गते, बकर इद, माघी र माघे सक्रान्तिमा माघ १ र २ गते स्थानीय बिदा प्रदेशले दिन पाउने भएको हो ।

स्थानीय चाडपर्वलाई मध्यनजर गरी स्थानीय तहबाट १ दिन र स्थानीय समुदायमा आधारित थारु समुदायको अवतारी पर्व, मगर समुदायको भूमिया पूजा, मुस्लिम समुदायको रामजाम, जितगढी विजयी उत्सव, भगवती जात्रा जस्ता पर्वमा स्थानीय तहले विदा दिने बताइएको छ ।

तपाईको प्रतिक्रिया