चर्चित अभिनेता सलमान खान अभिनित फिल्म ‘भारत’को पहिलो गित सार्वजनिक भएको छ । यही जुन ५ मा रिलिज हुँने फिल्म भारतको ट्रेलर केहि दिन अघि सार्वजनिक भएको थियो ।उक्त ट्रेलर धेरैले निकै मनपराएका थिए। ट्रेलरको अमिर खान , शाहरुख खान र अनिल कपुरले पनि निकै प्रशँसा गरेका थिए । यसैक्रममा पहिलो गित पनि सार्वजनिक भएको छ ।

यस गीतमा सलमान खान र दिशा पटानीलाई स्लोमोशनमा देखाइएको छ भने दिशा पहेलो साडीमा निकै हट देखिएकी छिन् ।फिल्ममा सलमान पाच अलग अलग अवतारमा देखिदैछन्। यस फिल्ममा सलमान खान र कट्रिना कैफको मुख्य भुमिका रहेको छ ।

तपाईको प्रतिक्रिया