भक्तपुर। निलो रंगको विद्यालय टिसर्ट अनि मन्द हरियो रंगको ट्राउजर र सेतो जुत्ता लगाएका बालक मस्त निन्द्रामा थिए, आमाको काँधमा। देब्रे हातमा मोबाइल फोन छ, त्यही हातमा हरियो रंगको ब्याग पनि भिरेकी छन्।देब्रे काँधमा भुसुक्कै निदाएका छोरा नखसोस् भनेर दाहिने हातले कैँचे पारी देब्रे हातलाई ढाडस दिइरहेको थियो। चार वर्षको छोरालाई बोकेर १० मिनेट हिँड्दा आमा रस्मिता अवालको श्वास अलि अलि फुलेको थियो, तर त्यो श्वास फुलाइमा रस्मिताको माया लपप्क टाँसिएको थियो छोराको लागि। तर तीन वर्ष अगाडि आजको दिन झण्डै उनले आफ्नो मुटुको टुक्रालाई सधैँको लागि गुमाउनुपरेको थियो।

सन्दर्भ २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको। भक्तपुरको देकोचामा घर भत्किएर पुरिएका सोनिस अवाल पुरिएको २२ घण्टापछि जीवितै उद्धार भएका थिए। त्यो दिन नेपालको १४ वटा जिल्लालाई ७ दशमलव ८ म्याग्निच्यूटको भूकम्पले नराम्ररी हल्लायो।गोरखाको बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको भए पनि त्रासको केन्द्रबिन्दु भने धेरैको मनलाई बन्यो। पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार ८ हजार ७ सय ९० जनाले ज्यान गुमाए, २२ हजार तीन सय जनाभन्दा धेरै घाइते भए। कच्ची र पक्की गरी १० लाख भन्दा धेरै घरको क्षति भयो।

रस्मिता अवालको घरले पनि भूकम्पको धक्का थेग्न सकेन र गर्‍यालम्म ढल्यो। घरमात्र लडेन, रस्मिताको मायाको धरोहर पनि ढल्यो, १० वर्षकी छोरी सोनिसा अवाल र भर्खर पाँच महिना टेकेका छोरा सोनिस अवाल त्यही भग्नावशेषमा पुरिए।रस्मिता अवाल छोरीलाई बाबु हेर्नु है भनि बाहिर गएकी थिइन्, उनले भक्तपुरका धेरै घर, मन्दिर, धरोहर ढलेको देखिन्। जमिन काम्न छाडेपछि हतार हतार घर फर्किइन्।पहिलको जस्तो केही थिएन। धुलाम्मे भक्तपुरको आकाशमा उनको घरको धुँलो पनि उडेको थियो, एउटा ठूलो सन्त्रास छोडेर। उनको छोरी र छोरा त्यही भत्किएको घरको चेपमा परे। सास फेर्दैछन् वा छैनन् थाहा छैन।बाँकी हेर्नुहोस् भिडियोमा :

तपाईको प्रतिक्रिया