एजेन्सी । आईसीसीको बोर्ड बैठकले खेलतालिकाको टुंगो लगाएसँगै र उद्घाटन खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच ओभल क्रिकेट मैदानमा हुने पक्का भएको छ ।

बिहीबार भारतको कोलकत्तामा बसेको आईसीसीको बोर्ड बैठकले खेलतालिकाको टुंगो लगाउँदै विश्वकप क्रिकेटमा सबैभन्दा लोकप्रिय र चासोको खेल मानिने भारत र पाकिस्तानबीचको खेल जुन १६ मा म्यानचेस्टरमा हुने पक्कापक्की गरेको हो । खेल तालिका अनुसार भारतले पहिलो खेल भने दक्षिण अफ्रिकासँग जुन ५ मा खेल्नेछ । विश्वकपमा अष्ट्रेलिया, बंगलादेश, इग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तानको सहभागिता रहने आईसीसीको बोर्ड बैठकले जनाएको छ । ४८ खेलहरु हुने प्रतियोगीतामा १० राष्ट्रको सहभागिता रहनेछ भने खेल मे ३० मा सुरु भएर जुलाई १४ मा सम्पन्न हुने आईसीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया