एजेन्सी । इण्डियन प्रिमियर लिग अन्र्तगतको आजको खेलमा किंग्स इलाभेन पन्जाबले टस जितेर सनराईजर्स हैदराबादविरुद्ध आक्रामक बलिगं गरिरहेको छ ।

आजको खेलमा चोटका कारण पछिल्लो खेलमा नरहेका क्रिस गेललाई पनि किंग्स इलाभेन पन्जाबले मैदानमा उतारेको छ । हैदराबादलाई सुरुको पाँच ओभरमै तेस्रो झड्का लागेपछि उ दबाबकाबिच खेलीरहेको अवस्था छ ।

हैदराबादका कप्तान केन विलियम्सनलाई दायाँहाते मध्यगतिका बलर अंकित राजपूतले पहिलो ओभरमै डक आउट गरिदिएका हुन् । शिखर धवन र ऋद्धिमान साह पनि राजपूतकै शिकार भए । यद्यपी सनराइजर्स हैदराबादले भने आफ्नो टिममा कुनै परिवर्तन गरेको छैन ।

तपाईको प्रतिक्रिया