कञ्चनपुर । कञ्चनपुरस्थित नेपाल-भारत सीमा क्षेत्रमा पुनः तनाव भएको छ । पुनर्वास नगरपालिका ९ मा स्थानीय नेपालीले जंगली जनावरको आतंक कम गर्न लगाएको तारबार भारतीय सीमा प्रहरी बल एसएसबीले भत्काएपछि छनाव भएको हो ।

एसएसबिको एक समूह आएर नेपालीले बनाएको तारबार उखेलेर फालिदिएको हो । दशगजा भन्दै निकै वर नेपाल तर्फ लगाइएको तारबार भारतीय सीम सुरक्षा बलले भत्काउन आएपछि स्थानीयले त्यसको प्रतिवाद गरेका थिए ।

नेपालतर्फका सुरक्षाकर्मी समेत उपस्थित रहेको अवस्थामा भारतीय एसएसबीले तारहरू भत्काएर फलामे खाँवाहरू उखेलेर लगेको यो भिडियोमा देखिन्छ । त्यो क्रममा आक्रोशित स्थानीयले एसएसबीको ज्यादतीप्रति चर्को स्वरले विरोध गरेका छन् ।

स्थानीयले विद्युतीय तारबार गरेर जंगली जनावरको आतंक कम गर्ने प्रयास गरेका थिए । गत बर्ष कञ्चनपुरकै सीमा क्षेत्रमा भएको विवादमा भारतीय एसएसबीको गोली लागएर एक नेपालीको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया