काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशमा रहेका आफ्ना विभिन्न तहका नेता तथा कार्यकर्ताको अभिलेख व्यवस्थित बनाउन rpp.org.np वेबसाइट सञ्चालनमा ल्याएको छ ।

प्रवास विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीको आम्दानी तथा खर्च एवं नेता वा कार्यकर्ताको संगठनको गतिविधिका आधारमा पु¥याएको योगदानलाई अभिलेख गरिने जानकारी दिनुभयो ।

पार्टीका प्रवक्ता भुवन पाठकले आगामी जेठको दोस्रो हप्तामा प्रदेश नं ३ कार्यसमितिका प्रतिनिधिलाई सूचना प्रविधिसम्बन्धी प्रशिक्षण उपलब्ध गराइने बताउनुभयो । पार्टीका प्रवास विभाग प्रमुख विजय खड्काले पछिल्लो समयमा विकास भएका विभिन्न प्रविधिलाई प्रयोग गरी संगठनलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया