काठमाडौं बलिउड अभिनेत्री करिना कपुर आफ्नो जीवनका बारेमा खुला रुपमा बोल्दै आउने नायिकाका रुपमा चिनिन्छन् । उनी आफ्नो साथी वा पति जो कसैको बारेमा खुलेर बोल्ने गर्छिन् । जसको पछिल्लो उदाहरण हो, उनले पति सैफ अलीको बारेमा गरेको खुलासा ।

एक अन्तर्वार्तामा बोल्दै करिनाले भनेकी छन्, ‘मेरो करियरमा सधैं सैफको साथ पाएँ ।’ उनले थपेकी छन्, ‘जब, म आफ्नो काममा व्यस्त हुन्थेँ, त्यस समयमा सैफको बढी समर्थन पाउथेँ ।’नयाँ पत्रिकामा खबर छ।अन्तर्वार्ताका क्रममा करिनाले आफू र श्रीमान सैफ अलीबीच उमेरको अन्तर बारेमा बोल्दै भनिन्, ‘मेरोभन्दा उनको उमेर १० वर्ष बढी छ । उनी दुई बच्चाका पिता थिए । तर, मेरा लागि सिर्फ सैफ अली मात्र थिए ।’

अन्तर्वार्तामा उनले आफू र सैफबीच भएको उमेर अन्तर व्यक्तिगत मामिला भएको बताइन् ।अन्तर्वार्ताका क्रममा करिनाले छोरा तैमुरका बारेमा पनि बोलेकी थिइन्, ‘आमाको रुपमा मैले तैमुर पाएँ । उनी मेरा लागि एक हिस्सा हुन् । उनीबिना एक घण्टा पनि रहन सक्दिनँ ।’ एजेन्सी

तपाईको प्रतिक्रिया