एजेन्सी – बलिउड स्टार सलमान खान जब साइकल चलाएर मुम्बइको व्यस्त सडकमा निस्के, उनका फ्यानहरु आश्चर्यचकित बनेका छन् । इन्डिया टाइम्स डटकममा प्रकाशित भिराल भायनीले खिचेका सलमान खानका तस्बिरहरु यतिखेर भाइरल बनेका छन् ।

कालो आउटर र कालो हाफ पाइन्टमा साइकल चलाएर मुम्बइको व्यस्त सडकमा निस्केका सलमान तस्बिरमा निकै सहज देखिन्छन् । नयाँ पत्रिकामा खबर छ।सलमान खानले आफ्ना फ्यानहरुलाई दिएको यो ‘सरप्राइज’ यतिखेर सामाजिक सन्जालमा पनि भाइरल बनेको छ । तस्बिरहरुले उनका फ्यानलाई आश्चर्यचकित बनाएको छ ।

तपाईको प्रतिक्रिया