धनुषा – धनुषामा एक नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले जिउमा मट्टीतेल खन्याएर आगो लगाएको केहि साता नबित्दै फेरी सिरहामा अर्की महिलालाई ज्युँदै जलाइएको छ ।जलिने महिला सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वे रहेकी छिन् । उनलाइ घरायसी विवाद हुदाँ आगो लगाएर जलाइएको हो । उनलाई उनकै पति र सासु मिलेर जलाइएको बताइएको छ ।

कञ्चनदेवीको आगोले शरीरको ८० प्रतिशत भाग जलेको बताइएको छ ।सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार जलेको अवस्थामा उद्धार गरिएको उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।कञ्चनका पति बेचन मण्डल खत्वे भने फरार रहेको बताइएको छ । प्रहरीले कञ्चनदेवीकी सासुलाइ नियन्त्रणमा लिएको छ ।शरीरको अधिकांश भाग जलिसकेकी कञ्चनदेवीलाइ उपचारको लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया