गत राति स्पेनिस ला लिगा फुटबल अन्तर्गत भएको खेलमा रियल मड्रिड गेटाफेसँग बराबरीमा रोकिएको छ । उक्त गेटाफेको मैदानमा भएको रोमान्चक खेलमा गेटाफेसँग रियल मड्रिड गोलरहित बराबरीमा रोकिएको हो ।उक्त निकै प्रतिस्पर्धात्मक खेलमा दुबै तर्फबाट कुनै गोल हुन सकेन ।

उक्त खेलमा रियल मड्रिड पटक पटक प्रयास गरे पनि गेटाफेको डिफेन्स र गोलकिपरलाई छिचोल्न सकेन ।दुबै तर्फबाट कुनै गोल हुन नसकेपछी खेल बराबरीमै सकियो । बराबरीसँगै रियलले ३४ खेलबाट ६५ अंक जोडेर तेस्रो स्थानमा छ भने गेटाफे ५५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया