एजेन्सि – पछिल्लो समय धेरैजसो बलिउडमा अभिनेता सलमान खानको निकै चर्चा चलिरहन्छ । अभिनेता सलमान खानको फिल्म भारत रिलिज हुने तरखरमा रहेको छ ।यस फिल्मको ट्रेलर केहि दिन अघि सार्बजनिक भएको थियो । यसैक्रममा एक नयाँ कुरा पनि बाहिरिएको छ । अभिनेता सलमान खानको नयाँ फिल्म ‘दबंग–३’ मा दुई स्टारकिड्स लञ्च हुने भएका छन् । भारतीय संचारमाध्यमका अनुसार अभिनेता सलमान खानकी भान्जी एजिला अग्निहोत्री बलिउडमा डेब्यू गर्ने संभावना रहेको बताइएको छ ।

त्यस्तै महेश मांजरेकरकी छोरी अश्वमीले पनि फिल्म ‘दबंग–३’ बाट नै डेब्यू गर्ने भएकी छिन् । सलमानकी दिदी अलविराकी छोरी एलिजाले यस फिल्ममा के भूमिका निर्वाह गर्छिन भन्ने अहिले सम्म केहि खुलेको छैन ।त्यस्तै महेश मांजरेकरकी छोरी अश्वमीको भुमिका भने युवतीको हुन्छ जसको फिल्ममा चुलबुल पाण्डे बनेका सलमान खान बचाउँछन्।फिल्ममा उनलाई बचाउँदै फिल्ममा सलमान खानको एन्ट्री भएको देखाइनेछ ।दबंग ३ लाई प्रभु देवाले निर्देशन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया