काठमाडौं – सिमकार्डहरू अनधिकृत रुपमा बिक्री गर्ने दुई जना गंगबु बसपार्कबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर ३ घर भई बालाजुमा बस्ने दिलबहादुर खत्री र सोही ठाउँका राजकुमार दाहाल रहेका छन् । उनीहरुलाई नेपाल टेलिकम र एसेलनका सिमकार्डहरू अनधिकृत रुपमा बिक्री गरेको आरोपमा पक्राउ गरिएको हो ।

उनीहरुले सञ्चालन गरेको इलेक्ट्रोनिक्स पसलमा खानतलासी लिने क्रममा नेपाल टेलिकमका १० थान, एनसेलको २६ थान सिमकार्ड फेला परेको पराध महाशाखाकाले जनाएको छ । उनीहरुलाइ बिहीबार गंगबु बसपार्कबाट पक्राउ गरिएको हो । उनीहरुले ग्राहकहरूको पहिचान खुल्ने कुनै पनि कागजात तथा रेकर्ड नराखी सिमकार्ड बिक्री वितरण गर्ने गरेको र सिमकार्डहरू आपराधिक गतिविधिमा प्रयोग भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया