आसुसेन फिल्म्सको पाचौ प्रस्तुती प्रेम गीत- ३ को निर्माण र प्रदर्शन मितिले यतिबेला नेपाली चलचित्र उधोग तातेको छ । २०७६ चैत्र २८ गते शुक्रबार प्रदर्शनमा आउने चलचित्र निर्माता ससन्तोष सेन स्वयमले पनि निर्देशकको आधा हिस्सा समाल्ने भए पछि चलचित्र नगरिमा झनै चर्चा चुलिएको हो । चलचित्रमा लगानी सगै कथा लेखन देखि निर्माण र प्रचार-प्रसार अनि प्रदर्शनमा आफै सकृय हुने निर्मता सेनले निर्देशनमा पनि भुमिका देखाउनको कारण प्रेम गीत-३ ले ठूलो आशा देखाएको छ । लेखक तथा निर्देशक छेतन गुरुङ संगको सहकार्यमा निर्माता सेनले चलचित्र निर्देशन गर्दैछन । लामो अध्यन र अनुसन्धान पछि चलचित्रको कथाले अम्तिम रूप लिइसकेको निर्माण पक्षको दावी छ । किताबमा लेखिएका दृश्यहरूलाई साक्षत पर्दामा उतार्न यतिबेला निर्माण पक्ष कुनै कसुर बाकी नराखी तयारीमा जुटेको छ । चलचित्रका कुनै कलाकार फाइनल नभएको अवस्थामा मुख्य भुमिकामा को रहने भनेर पनि चलचित्र बजारमा गोसिप चलेको छ । प्रेम गीत नायक प्रदीप खड्का प्रेम गीत सिरिजमा तेस्रीने लगभग पक्का भए पनि नायिकाको टुङ्गो लागेको छैन । तर चलचित्रको प्रदर्शन मिती नेपाल लगायत अमेरिकामा समेत आगामी चैत्र २८ गते शुक्रबारलाई तोकिएको छ । निर्माता सेनका विस्वासिला पात्र, आसुसेन फिल्म्सका जनसम्पर्क अधिकृत तथा मेरी मामुका कार्यकारी निर्माता रेशम जङ्ग शाहले जसरी पनि चलचित्र नेपाल र अमेरिकामा एकै दिन प्रदर्शन गर्ने दावी गरेका छन ।

तपाईको प्रतिक्रिया