काठमाडौँ – रिना बस्नेत हत्या काण्ड झन झनै रहस्यमय बन्दै गईरहेको छ।गत शनिबार रहस्यमय तरिकाले मृत फेला परेकी रीना बस्नेतको हत्याको अनुसन्धान भईरहँदा पोस्टमार्टम रिपोर्ट पनि आइसकेको छ । मृत फेला परेकी रिना बस्नेतको पोस्टमार्टम रिपोर्टले बलात्कार पछि हत्या नभएको बताएको छ । पोस्टमार्टम रिपोर्टमा बलात्कार नभएको उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

रहस्यमय तरिकाले मृत फेला परेकी रीना बस्नेतको पोस्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो ।स्थानीयले बलात्कारपछि हत्या गरेर सडकमा फालेको आशंका गरे पनि रिपोर्टमा बालात्कार भएको प्रमाण नदेखिएपछि घरमाथिबाट झरेको आशंकालाई बल पुगेको बताइएको छ ।प्रहरीले मदिरा सेवन गरेको कारण खसेर मृत्यु भएको हुन सक्ने अनुमानलाई पुष्टि गर्न फरेन्सिक रिपोर्ट कुरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया