मोरङ पथरीशनिश्चरे १ मा गत शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी रिना बस्नेत (रुपा) को मृत्युको बिषयलाई लिएर प्रहरीले उनकै २ जना साथीलाई नियन्त्रणमा लिएको छ । शुक्रबार बेलुका ५ बजेको समयमा पथरीमा आएका २ जना अपरिचित युवाहरु सँग रिनाको भेट गराउने उनका २ जना मिल्ने साथीले भेट गराई चिसो समेत पिएर छुटेको कुरा सार्बजनिक भएपछि प्रहरीले उनीहरुलाई सोधपुछका लागी नियन्त्रणमा लिएको छ । बुधबार मात्र त्यहि मध्येकी एक साथीको मोबाईल समेत हराएको भनिएपछि घटना थप शंकास्पद बनेको छ ।

ती युवा को थिए ? उनीहरुको भेट किन गराईयो ? भन्ने बिषय थप शंका उत्पन्न गराएको छ । रिनाका ति दुबैजना मिल्ने साथी होटल सञ्चालक हुन । यसै बिच प्रहरीले रिनाको शव ईटहरीस्थित बुढीखोलामा शुक्रबार अत्येष्टि गर्ने तयारी गरे सँगै कविता पराजुलीको संयोजकत्वमा बनेको संघर्ष समितिले उनको शव पथरीमा ल्याई अन्त्येष्टि गर्नुपर्ने बताएको छ । केही स्थानीयले घटनाको सत्यतथ्य सार्बजनिक नभई शव अन्त्येष्टि गर्न नहुने बताउँदै आएका छन । यस बीचमा उपमेयरलले यस बिषयमा बोलेका छन् । पथरी काण्ड: उपमेयरको डर लाग्दो खुलासा , मेरो ज्यानको जिम्मा तपाईं लिनुहुन्छ ? प्रेमी कमलको खुलासा…हेर्नुहोस् भिडियो…

तपाईको प्रतिक्रिया