काठमाडौँ – स्झापामा पिकअप भ्यानको ठक्करबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा साईकलयात्री पाँचथर नागी ६ घर भई हाल कन्काई नगरपालिका-१ कालीमोडामा डेरा गरी बस्ने बर्ष ४० को उमेश हिङमाङ रहेका छन् । उनको पूर्व-पश्चिम राजमार्गमा पूर्व तर्फ आउँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६-१-०४१४ नम्बरको गाडीले ठक्कर दिँदा ज्यान गएको हो ।

कन्काई नगरपालिका(१ दुर्गापुरमा भ्यानको ठक्करबाट गम्भीर घाइते भएका हिङमाङको बि। एण्ड। सी। अस्पताल बिर्तामोडमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । पिकअप र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया