काठमाडौं – युवास्टार वरुण धवनले बुधबार ९२४ अप्रिल० आफ्नो ३२औँ जन्मदिन मनाए । पछिल्लो समय फिल्ममै व्यस्त रहेका उनी अब बिहे गर्ने मनस्थितिमा पुगेको खबर भारतीय मिडियाले फैलाएका छन् । कमेडी फिल्म निर्देशक डेबिड धवनका छोरा वरुणले प्रेमिका नताशा दलालसँग पारिवारिक सहमतिमा बिहे गर्न लागेको चर्चा चलेको छ ।खबरअनुसार वरुण र नताशाको परिवारले उनीहरूको बिहेका लागि यही वर्षको नोभेम्बरको कुनै दिन तय गर्न लागेको छ । पहिला वरुण र नताशाले सन् २०२० मा बिहे गर्ने योजना बनाएका थिए ।नयाँ पत्रिकामा खबर छ ।तर, उनीहरूको परिवारले यही वर्ष नै बिहे गर्नुपर्ने अडान राखेकाले नोभेम्बरको साइत हेरिँदै छ ।

वरुण र नताशाले सिन्धी परम्पराअनुसार बिहे गर्नेछन् । उनीहरू लामो समयदेखि प्रेममा छन् । तर, कहिल्यै पनि आफूहरूको प्रेमबारे खुलेर बताउने गरेका छैनन् । वरुणकी आमा छोराको बिहे धुमधामसँग गर्न चाहन्छिन् । हाल स्ट्रिट डान्सर–३ फिल्मको सुटिङमा व्यस्त रहेको वरुण त्यसपछि आफ्ना बाबु डेबिडले निर्देशन गर्ने कुली नम्बर १ को रिमेकमा अभिनय गर्नेछन् ।

तपाईको प्रतिक्रिया