काठमाडौँ – स्प्यूठानमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा प्यूठान नगरपालिका९४ विजुवारका ४७ वर्षीय कृष्णनाथ योगी रहेका छन् । उनको रा १ ख १९७१ नम्बरको ट्रिपरको ठक्करबाट मृत्यु भएको हो ।प्यूठान नगरपालिका ७ बाग्दुलामा ढुंगा लिन हिँडेको ट्रिपरले ठक्कर दिदाँ योगी गम्भीर घाइते भएका थिए ।

उनको अस्पताल लैजाँदै गर्दा बाटोमा मुत्यु भएको प्रहरीले जनाएको छ । ट्रिपर तीव्र गतिमा रहेका कारण योगीलाई ठक्कर दिएको बताइएको छ । योगीलाई ठक्कर दिने ट्रिपरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया