काठमाडौं, १८ बैशाख । नेपालमा फेरी ठूलो हाँधीहुरी आउन सक्ने भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको छ । बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको शक्तिशाली चक्रवात ‘फानी’को प्रभाव नेपाल भित्रिने संभावना बढेको भन्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरिएको हो ।

चक्रवात ‘फानी’ का कारण आउँदो शुक्रबारपछि पूर्वी नेपालका केही स्थानमा हावाहुरी आउन सक्ने मौसमविद्ले जनाएका छन् । पर्सी शुक्रबारबाट यो प्रणाली भारतको ओडीसा आसपासतिर मोडिने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेष मौसम अपडेट जारी गर्दै यो चक्रवात शुक्रबार अपराह्नपछि नेपालको पूर्वी भूभागमा आउने जनाएको छ । त्यहाँवाटउत्तर र उत्तरपूर्व जाने क्रममा धेरै कमजोर हुने जनाएको छ ।

यस्तो अवस्थामा यो चक्रवात नेपालतर्फ आउने संभावना अहिलेसम्म नदेखिए पनि नेपालको पूर्वी र मध्य हिमाली भूभागमा भारी हिमपात तथा प्रिमनसुन भएकोले पूर्वी र मध्यका स्थानहरुमा हावाहुरीसहित वर्षा हुन सक्ने भएकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया