काठमाडौं, १८ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज चेन्नाइ सुपर किँग्स विरुद्ध दिल्ली क्यापिटल्स मैदान उत्रिएको छ । अंक तालिकाको शीर्ष दुवै टोलीले आफ्नो प्लेइङ सेट सार्वजनिक गरेका छन् । दिल्लीले टस जितेर पहिला फिल्डिङ रोजेको छ । खेल एमए चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार बेलुकी सवा ८ बजे सुरु भएको हो ।

नेपाली बलर सन्दिप लामिछने दिल्लीको टिममा अटाएका छन् । अघिल्लो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध विकेट लिन नसकेपछि उनी टिममा नपर्ने अनुमान गरिएको थियो । फास्ट बलर कागिसो रबाडा भने आज टिममा परेनन् । चेन्नाइमा भने कप्तान महेन्द्र सिंह धोनी फर्किएका छन् । समान १६ अंक भएपनि नेट रनरेटका आधारमा दिल्ली पहिलो र चेन्नाइ दोस्रो स्थानमा छ । दुवै टिमले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् ।

प्ले अफमा पुगिसकेका दुवै टोली दबाब रहित छन् । तर, शीर्ष स्थानमा रहदै क्वालिफायर्स पुग्ने लक्ष्य दुवै टोलीमा छ । शीर्ष स्थानको दिल्लीको १२ खेलबाट १६ अंक रहेको छ । समान अंक भएको चेन्नई नेट रन रेटमा दिल्लीभन्दा पछि छ । चेन्नईका कप्तान महेन्द्र सिंह धोनी मैदानमा फर्किएका छन् । अस्वस्थताका कारण धोनी पछिल्लो समय चेन्नईको खेलमा देखिएका थिएनन् ।

तपाईको प्रतिक्रिया