काठमाडौं, १८ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) मा अहिले चेन्नाइ सुपर किँग्स विरुद्ध दिल्लीको खेल भइरेहेको छ । दिल्लीको टिमको नाम सार्वजनिक गर्दा नेपाली खेलाडी सन्दीप लामिछानेको नाम पनि राखिएको थियो । तर अन्तिममा उनको नाम हटाइएको छ ।

क्रिकेट वेभसाइट क्रिकइन्फो डट कमले प्लेइङ सेटको सूचीमा ८ नम्बरमा सन्दिपको नाम राखेर सार्वजनिक गरेपनि अन्तिममा उनको नाम हटेको छ । यसअघि सार्वजनिक नाममा सन्दिपको स्थानमा क्रिस मोरिसले खेलेका छन् । आईपीएलको प्ले अफमा स्थान बनाएको दिल्लीले चेन्नईविरुद्वको खेलमा भने नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई मौका दिएन ।

सन्दीपले यस सिजन ६ खेलमा ८ विकेट हात पारिसकेका छन् । तर, दिल्लीले चेन्नईविरुद्ध सन्दीपलाई मौका दिएन् । चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्दै शीर्ष स्थानमा रहने लक्ष्यसहित मैदान उत्रिएका छन् । खेलमा दिल्लीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । प्ले अफमा पुगिसकेका दुवै टोली दबाब रहित छन् ।

तर, शीर्ष स्थानमा रहदै क्वालिफायर्स पुग्ने लक्ष्य दुवै टोलीमा छ । शीर्ष स्थानको दिल्लीको १२ खेलबाट १६ अंक रहेको छ । समान अंक भएको चेन्नई नेट रन रेटमा दिल्लीभन्दा पछि छ । चेन्नईका कप्तान महेन्द्र सिंह धोनी मैदानमा फर्किएका छन् । अस्वस्थताका कारण धोनी पछिल्लो समय चेन्नईको खेलमा देखिएका थिएनन् ।

तपाईको प्रतिक्रिया