इन्डियन प्रिमियर लिग (आइपीएल) को एक टोली किंग्स इलेभेन पन्जाव सह मालिक नेस वाडियाका कारण निलम्बनमा पर्नसक्ने अवस्थामा पुगेको छ ।

वाडियालाई लागूऔषधको एक मुद्दामा जापानको सापोरो अदालतले २ वर्ष जेल सजाय सुनाएको छ । बिदा मनाउन जापान पुगेका वाडिया २५ ग्राम लागूऔषधसहित पक्राउ परेका थिए ।

एनडीटीभी डटकमका अनुसार आइपीएलको सन्चालन नियमअनुसार टिमका कुनै पनि पदाधिकारीले प्रतिष्ठामा आँच पुग्ने काम गरे निलम्बनमा पर्नसक्छ । यसअघि चेन्नई सुपर किंग्समाथि पनि दुई वर्षे प्रतिबन्ध लागेको थियो । चेन्नईका दुई टिम पदाधिकारी सट्टेबाजीमा मुछिएपछि टिमलाई आइपीएलबाट निलम्बन गरिएको थियो ।

तपाईको प्रतिक्रिया