एजेन्सी । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा क्याथे ड्रागनकी क्रु सदस्यलाई एक पुरुषले पछाडीवाट नितम्बमा गुम्तागंले छोएको आरोप लगाएकी छन् । महिलाले त्यस्तो आरोप लगाएपछि ति पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पुरुषले विमानभित्र क्रु सदस्यलाई अभद्र व्यवहार गरेको आरोप लगाएपछि ति पुरुषलाई पक्राउ गरिएको हो । पुरुष क्याटरिङकर्मी हुन् । उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ । ती क्याटरिङकर्मीले पछाडिबाट गुप्तांगले आफ्नो नितम्बमा छोएको आरोप महिला क्रुले लगाएकी हुन्।

साउथ चाइना मर्निङ पोष्टमा डेनी मोकको रिपोर्ट अनुसार २५ वर्षीय क्याटरिङकर्मी बुधबार बिहान चीनको नानजिङ उड्नु अघि पार्किङमा रहेको केए ८१० नम्बरको विमानमा खाना दिँदै थिए। सोही बेलाम त्यस्तो घटना भएको हो ।

प्रहरीले जनाएअनुसार त्यही बेला ती क्याटरिङकर्मीले पछाडिबाट गुप्तांगले आफ्नो नितम्ब छोएको आरोप एक जना महिला क्रु सदस्यले लगाएकी हुन्।

तर क्याटरिङकर्मी पुरुषले भने त्यस्तो आरोप अस्वीकार गरेका छन् । तर अनुसन्धानका लागि पनि प्रहरीले उनलाई पक्राउ गरेको छ। यो मुद्दा प्रहरीको विमानस्थल जिल्ला अनुसन्धान टोलीले हेरिरहेको एक जना प्रहरी अधिकारीले बताएका छन्।

यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै क्याथे प्यासेफिककी प्रवक्ताले घटनाबारे बताउन अस्वीकार गरेकी छन्। हङकङ विमानस्थलको वेवसाइटमा जनाइए अनुसार १०.२५ मा उडान तालिका रहेको यो विमान १२.१८ मा मात्रै उडेको थियो। यो वर्ष जनवरीदेखि मार्चसम्मका तीन महिनामा हङकङ प्रहरीमा दुव्र्यवहार गरिएका २७८ उजुरी परेका छन्, जसमा संलग्न भएको आरोपमा १९० जना पक्राउ परेका छन्।

तपाईको प्रतिक्रिया