काठमाडौं, वैशाख २० । युरोपा लिग फुटबलको सेमिफाइनल पहिलो लेगको खेलमा आर्सनलले जित निकाल्दा चेल्सी बराबरीमा रोकिएको छ । बिहीबार राति आफ्नै मैदानमा भएको खेलमा इंग्लिस क्लब आर्सनलले स्पेनको भ्यालेन्सियालाई ३–१ ले हरायो ।

आर्सनलका लागि अलेक्जेन्डर लाकाजेट्ले दुई गोल गर्दा पिएरे एमरिक औबामायङ्गले एक गोल थपे । पहिलो लेगमा हासिल गरेको जितसँगै आर्सनलले फाइनल पुग्ने सम्भावना बलियो पारेको छ ।

बिहीबार राति नै भएको अर्को खेलमा चेल्सीले जर्मनीको आइन्त्राच फ्र्याङ्कफटलाई १–१ गोलको बराबरीमा रोकेको छ । दोस्रो लेगको खेल अर्को हप्ता चेल्सीको मैदानमा हुनेछ ।

तपाईको प्रतिक्रिया