थानकोट–चापागाउ“–भक्तपुर १३२ केभी प्रसारणलाइन बन्न नदिएमा ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएको छ । विद्युत्को माग बढिरहेको तर हाल विद्युत् आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हु“दा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा लोडसेडिङ गर्नुपर्ने बाध्यात्मक अवस्था आउन लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले बताउनुभयो ।

काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महŒवपूर्ण मानिएको थानकोट–चापागाउ“–भक्तपुर प्रसारणलाइन आयोजनाको ललितपुर खण्डमा स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । आर्थिक वर्ष २०५५÷५६ बाट शुरु भएको उक्त आयोजनाको ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारणलाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरिरहेका छन् ।

काठमाडौं र भक्तपुरतर्फको निर्माण भने सकिएको छ । स्थानीयको अवरोधले निर्माणमा अवरोध हु“दा प्रसारणलाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन लागेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ । नेपाल समाचार पत्रमा खबर छ

तपाईको प्रतिक्रिया