हुरीबताससहित भारी वर्षापछि नवलपुरको जनजीवन प्रभावित भएको छ । हुरीबतासकै डरले जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् । शुक्रवार नवलपरासीका पसल ब्यवसाय पनि कम खुलेका छन् । कावासोतीलगायत जिल्लाका अधिकाँश स्थानमा आज बिहानैदेखि हावाहुरीसँगै वर्षा भइरहेको छ । दिउसै अँध्यारो भएपछि स्थानिय त्रसित भएका थिए । मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोती आसपास क्षेत्रमा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चलेको छ । हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले आग्रह समेत गरेका छन् ।

जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरलले प्रचलित कानुन अनुसार बिदा दिन नमिल्ने भए जोखिम हुन सक्ने भन्दै विदा गरिएको बताए । क्षती हुन नदिन सतर्कता अपनाइएको उनको भनाई छ । पोखरेलले हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार अधिकांश विद्यालय बन्द गरिएको बताए ।

हावाहुरी र वर्षापछि जिल्लाका अधिकांश विद्यालयले सूचना जारी गरेर विद्यालय नआउन सूचना जारी गरेका छन् । नवलपुरका शिक्षा समन्वय प्रमुख कृष्णचन्द्र पोख्रेलले प्रतिकूल मौसमका कारण नवलपुरका स्थानीय तहका शिक्षा समितिले विद्यालय बिदा गरेको जानकारी दिए ।

प्याब्सन नवलपुरका सचिवसमेत रहेका लुम्बिनी बोर्डिङ्ग स्कुल कावासोतीका सहायक प्रिन्सिपल त्रिभुवन तिवारीले जिल्ला शिक्षा तथा समन्वय इकाई नवलपुरले हुरीबतासको सम्भावना रहेको भनी सूचना गरेकाले आज विद्यालय बन्द गरिएको बताए । विहानै देखि नवलपरासिको मौशम अँध्यारो भएको थियो ।

यस्तै गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकालगायत सबैजसो पालिकामा पनि विद्यालय बन्द गरिएको सम्बन्धित पालिकाका शिक्षा शाखाहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया