काठमाडौं, २० बैशाख । बङ्गालको खाडीमा बनेको चक्रवातको असर नेपालको हवाई क्षेत्रमा पनि परेको छ । चक्रवातको असरले हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम विज्ञान विभाग जनाएपछि आन्तरिक उडान पुर्णतया प्रभावित बनेको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल प्रमुख राजकुमार क्षत्रीले बताए ।

त्यस्तै प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्न आएको विमान बंगला भने आकासमा आधा घण्टादेखि होल्ड गर्नुपरेको महाप्रवन्धक क्षेत्रीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडानहरु भने रोकिएका छैनन् । मौसम पूवानुमान महाशाखाले मौसम खराब भएका कारण पहाडी र हिमाली जिल्लामा हेलिकप्टर समेत नउडाउन सजग गराएको छ । साथै ति क्षेत्रमा उच्च हिमपात हुन सक्ने सम्भावना औल्याएको छ । नेपालको पूर्वी र उत्तरपूर्वी क्षेत्रमा बंगालवाट आउने चक्रपातको वेग कमहुँदै आउने भएकाले ति क्षेत्रमा वर्षासंगै मेघगर्जन हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

शुक्रवार विहान देखि मुलुकभरको मौशम पनि अनौठो देखिएको छ । बुटवल, नवलपरासी लगायतका जिल्लामा दिउसैं अँध्यारो देखिएको छ । दागंमा आएको हावाहुरीले धनको समेत क्षती गरेको छ । वारामा पनि हावाहुरी आएको छ भने तराईका जिल्लामा वर्षा भएको छ ।

तपाईको प्रतिक्रिया