हावाहुरीसँगै परेको पानीले दाङमा भने निकै क्षति पुर्याएको छ । शुक्रवार आएको हावाहुरीले राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रा नाकामा रहेको सामुदायिक स्वास्थ्य चौकीको छानो उडाएको छ। लगभग एक लाख बराबरको क्षति भएको छ ।स्थानीय गीता शार्की र चन्द्रकला बिसीको कच्चि घर समेत भत्किएको छ । जसबाट २ लाख ७५ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । जसबाट एक लाख बराबरको क्षति भएको छ ।

गुरुङखोला बस्ने बिष्णुबहादुर बुढाको घर पनि हुरीवतास र वर्षाका कारण भत्किएको छ । जसबाट २ लाख ५० हजार बराबरको क्षति भएको छ ।ज्योति आधारभुत विद्यालयको दुईवटा कोठाको जस्तापाता उडाएको छ भने भित्ता समेत भत्किएर खसेको छ । एक लाख ५० हजार बराबरको क्षति भएको छ । कटबेरवा निवासी बासुदेव डाँगीको भान्साघरको जस्तापाता उडाएको छ । २५ हजार बराबरको क्षति भएको छ ।

लमही नगरपालिका वडा नं। ६ देउपुर निवासी गेदप्रसाद भट्टराईको घरको छानो उडाएको प्रहरीले जनाएको छ । घरमा पानी पस्दा गहुँ ७ कुन्टल, ३ कुन्टल तोरी, डेढ कुन्टल मसुरो र धान पाँच कुन्टल भिजेर क्षति भएको छ ।मटेरिया बस्ने झुमलाल कवरको भान्सा घर भत्किएको छ । जसबाट ५० हजार बराबरको क्षति भएको छ । प्रतापपुर निवासी हरी प्रसाद चौधरीको मिटर बक्समा चट्याङ पर्दा १५ हजार बराबरको क्षति भएको छ ।घोराही उपमहानगरपालिका वडा नं। ५ सितलपुर निवासी रामकुमार थापाकाको घरको छानो उडाएको छ । पहल सिंह वलीको कुखुरा फर्म, बिनोद बस्नेतको गोठको छानो, मुक्तबहादुर केसीको टिनले छाएको गोठ ढलेको जिल्ला प्रहरी कार्यालय दाङलेजानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया