नेपाल एयरलाइन्सलाई उडन नदिइएको घटना र प्रवक्ताबाट कारवाहीबारे बिजय लामाको खुलासा- चालक दलका १४ सदस्यसहित २ सय ७६ यात्रु बोर्ड गरेर उडानका लागि तयार नेपाल वायुसेवा निगमको वाइड बडी विमानको निर्धारित दुवई उडान अकस्मात रद्द भयो । समयमा जहाज उड्न नसकेपछि र एयर ट्राफिक कन्ट्रोलले राती दश बजेदेखि विहान ८ बजेसम्म एयरपोर्टको रनवे मर्मतकार्य हुने भएकाले उडानका लागि अनुमति दिन नमिल्ने बताएपछि एयरपोर्टमा हल्लिखल्लि मच्चियो ।

निगमले केही यात्रुलाई होटलमा लगेर राखिए पनि सयौं यात्रु जहाजभित्रै छोडिए । राति ९ बजे जहाजमा चढेका यात्रुलाई भोलिपल्ट बिहान ५ः१५ मा मात्रै प्रहरीले बाहिर निकाल्यो र पछि ८ः४५ बजे मात्र जहाज उड्यो । घटनाको छानविन गर्न बनेको समितिले एटीसीमा रहेका कर्मचारीले मानवीय हिसाबले परिपक्व निर्णय लिन नसकेको र बिमानस्थलमा भएका निगमका कर्मचारीले सञ्चार समन्वयमा कमजोरी गरेको निष्कर्ष निकाल्यो, र घटनासँग सम्वन्धित विभिन्न निकायका ६ जना कर्मचारीलाई विभागीय कारवाहीका लागि सिफारिस ग¥यो ।

कसैका आसेपासे र पुच्छरले दोहन गर्ने दिन गए – विजय लामा : यो घटनाले नेपाल वायु सेवा निगमलाई अनावश्यक व्यवभार मात्र थपेन्, क्याप्टेन विजय लामालाई स्पष्टिकरण सोध्नुका साथै प्रवक्ताबाट हटाइएपछि निगम र प्राधिकरणका अधिकारीबीचको सम्बन्ध चिसिएको छ । सरकारको पर्यटन वर्ष २०२०, घोषणालाई मुलुकको राष्ट्रिय ध्वजावाहक, र नागरिक उड्यन प्राधिकरणको यो वैमनस्यताले कस्तो प्रभाव पार्ला ?

आखिर त्यो दिन के कारण उडान रद्द भयो ? निगमका पाइलट र एटीसीका प्राविधिकबीच जुंगाको लडाई मात्र थियो वा अन्य केहि ? निगमका क्याप्टेन विजय लामालाई प्रवक्ताबाट हटाउनु पछाडी अरु के कारण छ ? नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगम र नागरिक उड्यन प्राधिकरणबीच कस्तो सम्बन्ध छ ? यस किसिमको तित्तताले समग्र हाम्रो हवाई सेवा तथा २०२० को पर्यटन वर्षलाई कस्तो प्रभाव पार्ला ? यस्तै प्रश्नहरुको जवाफ खोज्न टफटकमा हुनुहुन्छ, नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन विजय लामा ।

तपाईको प्रतिक्रिया