काठमाडौं । वर्षेनी करीव ३० हजार व्यक्तिको मृत्युको मुख्य कारण रहेको सुर्ती र सुर्तीजन्य पदार्थ अब कुनै पनि अस्पतालको एकसय मिटर अर्थात ३०० फिट वरिपरी विक्री वितरण र उपभोग गर्न नपाइने भएको छ ।नेपाल प्रहरीको पहलमा काठमाडौं महानगरपालिका र सम्वन्धित अस्पताल प्रशासनको सकृयतामा यसै महिनादेखि यो नियम कडाईका साथ लागु गर्ने विषयमा शुक्रबार ती तिनै पक्ष सम्मिलित वैठकले प्रतिवद्धता व्यक्त गरेको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौंको आयोजनामा सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण सम्वन्धि विशेष अभियान २०७६ को लागि आयोजित वृहत छलफल कार्यक्रममा तीनैवटा निकायका प्रमुखहरुले पहिलो चरणमा काठमाडौं महानगर क्षेत्रभित्र पर्ने १० वटा सरकारी अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थको विक्री वितरणमा रोक लगाउने सामुहिक प्रतिवद्धता व्यक्त गरेको हो । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

तपाईको प्रतिक्रिया