काठमाडौं – दुई दिनअघिसम्म चर्केको घामसहित राजधानीमा गर्मी बढेको महसुस भयो । चितवन, पोखरा लगायतका क्षेत्रमा दुईदिन अघि वर्षा र हुरी आएको थियो । बिहीबार साँझ भने राजधानी लगायतका क्षेत्रमा एक्कासि वर्षा र हुरी आयो ।

शुक्रबार बिहान खुलेको आकास १० बजेपछि हुरी र वर्षामा परिणत भयो। यो असर नेपालमा वर्षा भित्रिएको सङ्केत वा प्रिमनसुनको नभई बङ्गालको खाडीमा उत्पन्न भएको समुद्री आँधीको हो ।

पहाडी र अन्य क्षेत्रमा वर्षा र हुरी चल्ने भए पनि हिमाली भेगमा यसले असर गर्न सक्ने जोगिन मौसमविद्ले सुझाव दिएका छन्। फानी नामक आँधीको बाह्य आवरणका बादल नेपालतिर सरेकाले सो क्षेत्रमा तीव्र हिमपातको अनुमान मौसमविज्ञले गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा आइतबारसम्म भारी वर्षा हुनेछ र हिमाली भेगमा हिमपात हुनेछ। पश्चिमी वायुको असर पनि यही बेला नेपालमा भित्रिदै गरेकाले त्यो क्षेत्रमा पनि बदली जारी रहनेछ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

तपाईको प्रतिक्रिया