काठमाडौँ । आज शनिबार नेपाली बजारमा केही देशको मूल्य बढेको छ। आज नेपाल राष्ट्र बैँकले तोकेको बिनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ४५ पेसा रहेको छ । भने बिक्रिदर १ सय ११ रुपैयाँ ५ पैसा रहेको छ।त्यस्तै आज कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६५ रुपैयाँ ६ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २३ पैसा रहेको छ ।

त्यसैगरी आज दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ४९ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४३ रुपैयाँ ६० पैसा, बिक्रिदर १ सय ४४ रुपैयाँ ३८ पैसा रहेको छ। त्यसैगरी आज मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ८१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ।त्यस्तै बहराईन दिनार एकको खरिददर २ सय ९२ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रीदर २ सय ९४ रुपैयाँ ५७ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६१ पैसा रहेको छ।

तपाईको प्रतिक्रिया