काठमाडौं। आज इन्डियन प्रिमियर लिग ९आइपीएल० मा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्दैछन् । इन्डियन प्रिमियर लिग अन्तर्गत आज हुने खेलमा सन्दिप लामिछानेको टिम र राजस्थान रोयल्सबीच दिउँसो सवा ४ बजे ह्ुने बताइएको छ ।आजको खेल राजस्थानका लागि निकै महत्वपूर्ण छ । आजको खेलमा राजस्थानपराजित भए ‘प्लेअफ’ को दौडबाट बाहिरिने छ ।

दिल्ली भने यसअघि नै ‘प्लेअफ’ मा प्रवेश गरिसकेको छ ।आजको खेलमा सन्दिप लामिछानेले खेल्न पाउँछन् कि पाउँदैनन् भन्ने सबैमा चासोेको बिषय बनेको छ ।यसैक्रममा सन्दिप लामिछानेले दिल्ली क्यापिटल्सको ट्वीटर ह्याण्डलबाट एक भिडियो सन्देश पोस्ट भएको छ । सन्दिपले समर्थकहरुलाई धन्यवाद दिँदै यस्तो आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया