काठमाण्डौ – आज नयाँ शक्तिका अध्यक्ष डाक्टर बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच एकीकरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।यसअघि पनि नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम पार्टी नेपालबीच एकता गर्ने सहमति भए पनि एकीकरण हुन सकेको थिएन ।

तर आज भने नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम पार्टी नेपालबीच एकीकरण भएको छ ।यी २ दलबीच एकताको औपचारिक घोषणा सोमबार काठमाडौमा गर्ने तय भएको बताइएको छ । नयाँ शक्ति पार्टीका नेता डम्बर खतिवडाका अनुसार नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया