काठमाडौं, २१ वैशाख । बानेश्वरको शान्तिनगरमा मन्त्रीको गाडीले एक स्कुटरलाई ठक्कर दिएको छ । दुई नम्बर प्रदेशका भुमिव्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री यागेन्द्र राय यादव चढेको गाडीले स्कुटीलाई ठक्कर दिएको हो ।

मन्त्री सवार ज १ झ ४४५ नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिएपछि शान्तिनगर क्षेत्रमा तनाव भएको थियो । मन्त्रीको गाडीले बा ४२ प ३३३२ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि स्कुटर पल्टिएको थियो ।

स्कुटर पल्टिएपनि स्कुटरमा सवार दुई युवा भने सकुशल छन् । उनीहरुलाई चोटपटक लागेको छैन । स्कुटर पल्टिएपछि युवाहरुले विवाद गरेका थिए । विवाद गरेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरु विप्लव समुहको नेकपा निकट विद्यार्थीसंगठनका विद्यार्थी नेता भएको आशंकामा प्रहरीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया