जनकपुर, २२ वैशाख । संघीय समाजवादी फोरम नेपालका एक नेताले वडाध्यक्षलाई कुटपिट गरेका छन् । फोरमका नेता राजकिशोर महतोले धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष हिरालाल महतोलाई कार्यकक्षमै कुटपिट गरेको बताइएको छ । गाउँपालिकाको योजना आफुलाई दिन दवाव दिएपछि विवाद उत्पन्न भएको थियो ।

प्रदेश नम्बर २ सरकारले सशर्त अनुदान अन्तर्गत गाउँपालिकालाई योजना दिएको थियो । सो अन्तर्गत ५० लाख रुपैँयाको योजनाबाट आफूलाई दिन दवाव दिएपछि उत्पन्न विवादले उग्ररुप लिदा राजकिशोरले हिरालालमाथि ईट्टा प्रहार गरेका हुन् । इटा प्रहारबाट उनको हातमा चोट लागेको छ । यता राजकिशोरले भने वडाध्यक्षले थप्पड हानेपछि आफूले पनि ईट्टा प्रहार गरेको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया