काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटलले राजसंस्थान रोयल विरुद्ध शानदार जित हासिल गरेको छ । राजसंस्थानलाई २३ बल बाँकी हुँदा दिल्लीले ५ विकेटले पराजित गरेको हो ।

लिग चरणको अन्तिम खेलमा पनि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भने टिममा सहभागी गराइएन । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा ११५ रनको लक्ष्य पेश गरेको थियो।

राजस्थानको चुनौतीलाई दिल्लीले २३ बल बाँकी हुँदै १६.१ ओभरमा पाँच विकेटको जित दर्ता गरेको हो। ११५ रनको लक्ष्य पछ्याएको दिल्लीले ५ विकेटको क्षतिमा १२१ रन बनायो।

दिल्लीका लागि ऋषभ पन्तले नटआउट ५३ रन बनाए । कप्तान श्रेयस लेयर १५ रनमा आउट भएको खेलमा शिखर धवनले १६ रन बनाए । राजस्थानका इन्दरविर सिंह सोधीले सर्वाधिक ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । राजस्थानका लागि रियाल परागले अर्धशतकिय ईनिङ्स खेल्नु बाहके अन्य कुनै खेलाडीले चल्न सकेनन् । उसका ६ ब्याट्सम्यानका दोहोरो अंकको स्कोर छुन सकेनन् ।

राजस्थानलाई सस्तैमा समेट्न इशान्त शर्मा र अमित मिश्राले समान ३/३ विकेट लिए । ट्रेन्ट बोल्टको नाममा दुई विकेट रह्यो । दोस्रो स्थानको दिल्लीले १४ खेलबाट १८ अंक जोड्यो । दिल्लीको शीर्ष दुईको सम्भावना भोली हुने मुम्बईको खेलले निर्धारण गर्नेछ । मुम्बई १६ अंक सहित तेस्रो स्थानमा छ । राजस्थान प्रतियोगिताबाट बाहिरिसकेको छ ।

तपाईको प्रतिक्रिया